काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले मानविय सहायताको लागि भूकम्पपछिको पुननिर्माणको लागि अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको बताएका छन्। अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री महतले सम्मेलनमा दिने र लिने भन्दापनि विपतपछिको गर्ने मानविय सहायता महत्वपूर्ण भएको बताएका छन्।
अर्थमन्त्री महतले भूकम्पपछि सरकारको आन्तरिक स्रोतहरु प्रभावित भएको भन्दै पुननिर्माणको लागि विदेशी सहायता चाहिएको बताए। भूकम्पले सरकारले यो वर्ष लक्ष्य अनुसारको राजस्व उठाउन नसक्ने भयो,अर्थमन्त्री महतले भने, ‘आन्तरिक ऋणले मात्र स्रोत नपुग्ने हुँदा विदेशी सहायता चाहिएको छ।’ भूकम्पले आर्थिक,सामाजिक क्षेत्रमा ठूलो असर गरेको भन्दै मन्त्री महतले आर्थिक क्रियाकलापहरु भूकम्पको कारण रोकिएको बताए। जलविद्युत् क्षेत्रमा भारतसँग भएको सम्झौताले लगानीकर्तालाई नयाँ उत्साह थपेको थियो तर,भूकम्पले गर्दा लगानीको वातावरणमा समेत केही प्रभाव भएको छ। अर्थमन्त्री महतले पुननिर्माणको लागि सरकारले शक्तीशाली प्राधिकरण गठन गरेको भन्दै हालै मात्र चार राजनीतिक दलले गरेको सम्झौतामा स्थानिय निकायको निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै स्थानिय तहमा स्रोतको् दुरुपयोग नहुँने बताए।