काठमाडौं । नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन २०७२ अहिले होटल सोल्ठीमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेका छन् । सम्मेलनमा भाग लिन अहिलेसम्म भारत, चीन, जापान, नर्वेलगायत विश्वका विभिन्न मुलुक तथा अर्न्तराष्ट्रिय संघसंस्था गरी ५६ देश र संस्थाका करिब २ सय ८० प्रतिनिधिहरु नेपाल आइसकेका छन्। सहभागी विदेशी पाहुनाहरुको सुरक्षालाई ध्यानदिदै सम्मेलन केन्द्र सोल्टी होटल परिसर वरपर सुरक्षा व्यवस्था बिहिबार बिहानदेखि थप कडा गरिएको छ। वैशाख १२ गते र त्यसपछि पटक पटक गएका परकम्पले ध्वस्त भएको भौतिक संरचना पुर्ननिर्माण र पीडित जनताको पुनर्स्थापनाका लागि आवश्यक ६ खर्ब ६६ अर्व बराबरको आर्थिक सहयोग आवश्यक पर्ने भन्दै सरकारले विश्व समुदायलाई सम्मेलनमा आमन्त्रण गरेको थियो। सम्मेलनमा भारत, चीन, जापान लगायत केही मित्रराष्ट्रले नेपालको पुननिर्माणका लागि आवश्यक आर्थिक सहयोगमा प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा सरकारले गरेको छ।