काठमाडौँ । सरकारले राष्ट्रपतिसमक्ष यही असार १५ गते अपराह्न ३ बजेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मुख्यसचिव लीलामणि पौड्यालले अधिवेशन आह्वानको सिफारिसपत्र राष्ट्रपति डा रामवरण यादवसमक्ष आज प्रस्तुत गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई बताए । सरकारबाट प्राप्त सिफारिसअनुसार राष्ट्रपति कार्यालयले आवश्यक प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।