नेभिगेशन
अन्य

क्रिकेट प्रशिक्षक पुबुदुको ६ महिना करार अवधि थपियो

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि छ महिनाका लागि थप गरेको छ । क्यानका अध्यक्ष दीपक कोइराला र प्रशिक्षक दासानायकेले त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । दासानायकेको करार अवधि आगामी पुस २६ गतेसम्म हुनेछ । दासानायकेको करार अवधि यही असार ३० गतेसम्म थियो । प्रशिक्षक दासानायकेले एसोसियट राष्ट्रमा नेपाललाई पहिलो वरियातामा पु¥याउने लक्ष्य भएको बताउँदै आगामी जुलाई ६ देखि २६ तारिखसम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी विश्व ट्वन्टी–ट्वन्टी छनोट क्रिकेट प्रतियोगितामा नेपाललाई छनोट गराउने विश्वास व्यक्त गरे । क्यानका अध्यक्ष कोइरालाले नेपाली टोलीका लागि प्रशिक्षक दासानायेको आवश्यकता रहेको सो अवसरमा बताए । यो भन्दा अघि उनको करार अविधि सरकारले १ वर्षका लागि थप गरेको थियो । सो अवधि असार ३० गते सकिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्