काठमाडौं । राष्ट्रपति डा रामबरण यादव र गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घलेका बीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शितलनिवासमा भएको भेटवार्तामा घलले भुकम्पको महाविपतीपछि संघले राहत तथा उद्दारका लागि गरेको कामका बारेमा जानकारी गराएका थिए । नेपाल सरकारसंगको सहकार्यमा संघले १४ जिल्लाका केहि गा.बि.स. हरुमा अत्याबश्यक सामाग्रीहरु वितरण गरेको र २६ स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिएका थिए । दोस्रो चरणको पुर्नवास कार्यक्रम अन्र्तगत करिव ३५ करोड रुपयाँको लागतमा एक हजार घर निर्माण गर्ने तयारी भइरहेको जानकारी दिंदै अध्यक्ष घलेले मातृभूमीलाई परेको दुःखमा सदैव गैरआवासीय नेपालीहरु सहयोगी वन्ने बताए । अध्यक्ष घलेले आगामी अक्टोवरको दोस्रो हप्ता सातौं गैरअवासीय नेपाली विश्व सम्मेलन आयोजना हुन लागेको जानकारी गराउँदै यसको उद्घाटन गरिदिन पनि राष्ट्रपतिलाई अनुरोध गरेका थिए । राष्ट्रपतिले गैरआवासीय नेपालीहरुको आफ्नो मातृभूमी तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु प्रतिको कर्तव्यवोध र विना कुनै स्वार्थ उदार हृदयबाट गरेको सहयोगले आफू निकै प्रभावित भएको र यसले समग्रमा सारा नेपालीहरुलाई एक जुट भई यस विपत्तिको सामना गर्न थप बल तथा प्रेरणा मिलेको वताए । उनले गैरआवासीय नेपालीहरुको सहयोग र सहभागीताको छुटै महत्व हुने र यसलाई अन्य संघसंस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुसंग दाँज्न र एकै टोकरीमा राखेर मूल्याङ्कन गर्न नहुने वताउँदै यस महाविपत्तिको सामना गर्न हरेक गैरआवासीय नेपालीलाई आफूले सक्दो सहयोग गर्न समेत अनुरोध गरे । राष्ट्रपतिले अध्यक्ष घलेलाई नेपाल सरकारले बिषेश दूतमा नियुक्त गरेकोमा
वधाई दिंदै विना पारिश्रमिक आफ्नो व्यस्तताका बावजुत पनि मातृभूमि र नेपालीका लागि अध्यक्ष घलेले त्याग र सेवा गरेको भन्दै धन्यवाद दिए । राष्ट्रपतिले विशेष दूतका रुपमा उहा“को सफल कार्यकालको लागि शुभकामना समेत दिएका थिए । राष्ट्रपतिले अध्यक्ष घलेको गैरअवासीय नेपाली विश्व सम्मेलनको उद्घाटनको निमन्त्रणा सहर्ष स्वीकार गर्दै आफ्नो तिव्र चहाना हुँदाहुँदै पनि कार्यव्यस्थताका कारण गैरआवासीय नेपाली संघ यूकेले वेनी शहरको गलेश्वरधाममा निर्माण गरेको बृद्धआश्रमको उद्घाटनमा सरिक हुन नसकेको जानकारी गराएका थिए ।