नेभिगेशन
अन्य

मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन

काठमाडौं । मदर टेरेसाकी उत्तराधिकारीका रुपमा चिनिएकी नेपाली चेली सिस्टर निर्मालाको गए राती भारतको कलकत्तामा निधन भएको छ । मदरटेरेसाकी उत्तराधिकारी नेपाली चेली सिस्टर निर्मलाको ८१ वर्षको उमेरमा निधन भएको हो । सिस्टर निर्मला सामाज सेवामा आफ्‍नो जीवन समर्पण गरेकी नोबेल पुरस्कार विजेता मदर टेरेसाको उत्तराधिकारी रुपमा रहेकी थिइन् । सिस्टर निर्मला आफै पनि समाजसेवामा जीवन समर्पण गरिन् । उनको वास्तविक नाम निर्मला जोशी हो । सन् १९३४ मा राँचीमा जन्मिएकी उनले मदर टेरेसाको निधनपछि सन् १९९७ मा मिसनरी अफ च्यारिटि को नेतृत्व गर्दे आएकी थिइन् । उनलाई भारत सरकारले सन् ०९ मा पद्म विभूषणले सम्मान गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्