नेभिगेशन
नेपाल समाचार

पर्शुरामको अध्यक्षतामा तनहुँ समाजको गठन

सिड्नी । तनहुँ जिल्लाको विभिन्न स्थानमा मूलघर भई अस्ट्रेलियामा विभिन्न व्यवसाय, अध्ययन गरिरहेका तनहुँवासीहरुबिच एक आपसमा भातृत्वको विकास गर्दै जिल्लाको विकासमा एकजुट भएर लाग्ने उद्देश्यले पर्शुराम अधिकारीको अध्यक्षतमा “तनहुँ समाज अष्ट्रेलिया” गठन गरेका छन् । सिड्नीको एसफिल्ड पार्कमा जुन २१ तारिख आइतवारका दिन भएको बृहत भेलाले उक्त समाजको गठन गरेको हो । भेलाले सर्वसम्मतबाट अध्यक्षमा पर्शुराम अधिकारी र उपाध्यक्षद्वयमा राम श्रेष्ठ र मेघराज पौडेललाई चयन गरेको छ ।FullSizeRender (2) त्यसैगरी महासचिवमा गोपी सुवेदी, सचिवमा सूर्य खनाल र कोषाध्यक्ष महेन्द्र घिमिरे रहेका छन् । समाजको सदस्यहरुमा सुदिप ढकाल, दामोदर अधिकारी, बसुन्धरा भट्टराई, नविन राना, दिनेश खनाल, कमल ढकाल रहेका छन् । भेलामा एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र वलीले समाजको गठन पछि छरिएर रहेका तनहुँवासीहरु बीच अझ बढी एकता र सद्भाव कायम राख्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुब सुुवेदी, एनएडिएफका पूर्व अध्यक्षद्वय सुरेन्द्र सुग्देल र दिनेशराज जोशी, अभिभावक मुकुन्द पौडेल, पीआर अधिकारी,विवेक थापा गोपी सुवेदी लगायतले संस्थालाई राजनीति भन्दा टाढा राखेर जनहितको लागि अगाडि बढ्ने बताए । कार्यक्रममा बारबिक्यूको आयोजना पनि गरिएको थियो । FullSizeRender (1)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्