नेभिगेशन
अन्य

कांग्रेसका १५ हजार कार्यकर्ताले बनाए साढे तीन हजार घर

काठमाडौं । नेपाली कांग्रेसले एक हप्ते श्रमदान अभियानमा ३ हजार ५ सय ५० घररटहरा निर्माण गरेको छ। वैशाख १२ गतेको बिनाशकारी भूकम्पपछि परिचालित कांग्रेसलेका १५ हजार कार्यकर्ताले प्रभावित क्षेत्रमा सो घर निर्माण गरेको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए। उनका अनुसार परिचालित कार्यकर्ताले श्रमदानअन्तर्गत ११ सय २५ भग्नावशेष हटाएको, विभिन्न विद्यालयमा एक हजार ८४ कोठा बनाएको, १० वटा सामुदायिक घर बनाएको र एउटा मन्दिर पनि निर्माण गरेका छन्। अझै केही कार्यकर्ता नवनिर्माणमै जुटिरहेका र कही फर्किएको बडूले जानकारी दिए। पार्टी कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बडूले सहयोग कोषमा भने एक करोड ६४ लाख ३९ हजार ९ सय २९ रुपियाँ जम्मा भएको बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्