काठमाडौं । एमाओवादीले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्बोच्च अदालतले दिएको आदेशले संविधान निर्माणमा बाधा पुगेको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आइतबार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखन प्रक्रियालाई निरन्तरता दिइने बताए । यसका लागि अन्य दलसँग थप छलफल गरी निष्कर्षमा पुगिने श्रेष्ठको भनाइ छ । शनिबार एमाओवादी अध्यक्ष दाहालले राष्ट्रपति रामवरण यादवलाई भेटेर सर्बोच्चको आदेश, संविधान निर्माणको प्रक्रिया लगायतका विषयमा छलफल गरेका थिए ।