नेभिगेशन
अन्य

जाली नोटका नाइकै नेपाल भारतको सुरक्षा अधिकारीका सुराकी

काठमाडौ । भारतीय नक्कली रुपैयाँ कारोबारमा जेलसजायँ सुनाइएका एक ब्यक्तिले नेपाल र भारत दुबैतिरका सुरक्षा अधिकारीलाई गुमराहमा पारेर लामो समयदेखि उनीहरुकै सुराकी सहयोगीका रुपमा काम गरिरहेको खुलेको छ । नक्कली नोटका फरार अभियुक्त बारा प्रष्टोकाका इलताफ हसुेन अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले जेठ ३० गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो ।ब्युरो स्रोतका अनुसार प्रहरी अनुसन्धानका क्रममा अन्सारीले दुबै देशका सुरक्षा अधिकारीका लागि सुराकीको काम गरिरहेको रहस्य फेला परेको हो । अन्सारीलाई ललितपुर जिल्ला अदालतले २०६७ मा नक्कली भारतीयय रुपैयाँका संलग्न ठहर गर्दै ३ वर्ष कैद र २ करोड ६१ लाख जरिमाना असुल्ने फैसला सुनाएको थियो । अन्सारी पक्राउ नपर्दा अदालतको फैसला अलपत्र थियो । फैसला कार्यान्वयनमा सघाउन ब्युरोले गठन गरेको प्रहरी टोलीको फन्दामा परेपछि मात्र अन्सारी नक्कली भारतीय रुपैयाँ कारोबारकै बेला नेपाल र भारतका सुरक्षा अधिकारीका लागि सूचना दिने डबल एजेन्टका रुपमा सक्रिय रहेको भेटिएको प्रहरीको दाबी छ । फैसालापछि फरार सूचीमा रहेका अन्सारी नेपाली र भारतीय दुबै सुरक्षा अधिकारीको निरन्तर सम्पर्कमा रहेर काम गरेको प्रहरीले केरकारका क्रममा खुलाएको हो । अनुसन्धान अगाडि बढाउँदै जाँदा नेपालका सुरक्षा अधिकारीसँगै सीमावर्ती क्षेत्रमा भारतीय प्रहरी अधिकारीसँगै यिनको बाक्लै सम्बन्ध रहेको मात्र खुलेन, काठमाडौस्थित भारतीय दूताबास अधिकारी र नेपालको गृह मन्त्रालय अधिकारीसम्म उनको सहज पहुँच रहेको तथ्य फेला पर्यो । उच्च स्रोतका अनुसार अन्सारीको साथबाट भारतीय दूताबासका अधिकारीले सूचना संकलन गर्दा टिपाएका केही नेपाली नागरिकका नामसमेत फेला पर्यो भने फरार अवधिमै उनले गृहमन्त्रीका निजी सहयोगीमार्फत सिंहदरबार भित्रै पुगेर दुईपटक गृहमन्त्री बामदेब गौतमसँग भेटेको समेत फेला परेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्