नेभिगेशन
अन्य

आदेश सच्याउन पुनरावेदन गरिन्छ: दाहाल

काठमाडौ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले दिएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न दिएको आदेश अदालती प्रकृयाबाटै रोकिने दाबि गरेका छन् । शनिबार बिहान राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शितल निवास पुगेका दाहालले भेटपछि पत्रकारहरूमाझ बोल्दै उक्त दाबा गरेका हुन् । ‘हामी अदालतको सम्मानलाई आँच पुर्‍याउन चाहेका छैनौं,’ उनले भने, ‘त्यसैले हामी त्यसलाई खारेज गरियोस भनेर फेरी अदालतमै जान्छौं ।’राष्ट्रपतिलाई चारदल बिच भएको छलफल तथा समझदारीका बारे आफूले कुरा राखेको समेत दाहालले बताए । उनका अनुसार राष्ट्रपतिले सबैको समझदारीमा मिलेर संविधान ल्याउनु पर्नेमा जोड दिएका थिए । न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले शुक्रबार १६ बुँदे सहमति अन्तरिम संविधानको भावना विपरीत रहेको जनाई कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्