नेभिगेशन
अन्य

समुदायप्रतीको जिम्मेवारी, परोपकार,सीप र लगानीमा बढोत्तरी :केशव सापकोटा

यतिखेर मुलुक शोकमा डुबेको भएपनि पुर्न निमार्ण र बिकासको पथमा अगाडि बढीरहँंदा एनआरएन अस्ट्रेलिया भने आफ्नो नित्य कर्ममा अर्थात निर्वाचनमा जुटेको छ । संस्थाको बिधि विधान र निर्वाचन यसका प्रकृया हुन । जुन रोकिदैनन र रोक्नु पनि हुदैन । यस्तै एनआरएनएको निर्वाचन नजिकैदै जाँंदा उमेदबारहरुको सक्रियता पनि बढेको छ । चाहे त्यो स्टेट काउन्सिल होस वा आइसीसी सदस्य । पाउने भन्दा गुमाउने कर्मका लागि पनि स्वयंसेवीहरुको भिड यस संस्थामा बढेको छ । यसै क्रममा पुराना युवा ब्यवशायी केशव सापकोटा पनि अन्त्राष्ट्रिय समन्यवय परिषद (आइसीसी) सदस्यका प्रत्यासी बनेका छन । हुन त दुइ दशकको अस्ट्रेलिया बसाइको अनुभवलाई सहजरुपमा परिभाषित गर्ने सापकोटा यतिखेर एनआरएन अभियानमा संल्गन हुन आफ्नो उमेदबारी परेको बताउछन । मन्द मुस्कान र जो कोहीलाई पनि मिठो बचनले आफ्नो बनाउन सक्ने हसमुख स्वभावका केशव सापकोटाको परिचय उमेदबारमा मात्र सिमित छैन । यसअघि सन २००९ र २०११ को एनआरएनएमा उपाध्यक्ष तथा भिन्न संघ संस्थामा समाजसेवीका रुपमा छवी बनाइसकेका सापकोटाको उमेदबारी आफैमा महत्वपुर्ण र अर्थपुर्ण रहेको छ । २००३ मा स्थापना भएको एनआरएन अभियानमा प्रारम्भदेखि नै सहभािग सापकोटा प्रवासको नेपालीहरुको साझा संगठनका रुपमा रहेको यो संस्थाको गरिमा बढाउने अभियानमा आफु होमिएको बताउछन । ७१ देशमा फैलिएको यो संस्था आफैमा नेपालीको एउटा मातृभुमीसँंग जोडने अभियान हो भन्छन ,सापकोटा । प्रवासमा सिकेको ज्ञान,सीप र दक्षतालाई मुलुकसँंग जोडने अभियान हो एनआरएन । नेपाली समुदाय र जन्मभुमी प्रतीको हाम्रो जिम्मेवारी,परोपकार,सीप र लगानिबृद्धीको निम्ती भन्दै सापकोटाले यस पटक आइसीसी सदस्यमा आफ्नो उमेदवारी दर्ता गराएका छन । हुन त आस्था र प्रतिबद्धतामा प्रजातान्त्रिक संस्कारलाई बिश्वास गर्ने सापकोटा आफुलाई प्रवासमा समुदायको पहरेदार भन्न रुचाउछन । हामी नेपाली हाम्रो नेपाल ,त्यसैले एनआरएनलाई सबै नेपालीको साझा संस्थाका रुपमा अगाडिी बढाउन मेरो उमेदबारी महत्वपुर्ण रहनेछन । यो संस्थाको गरिमालाई बढाउने र देशको लागि लगानीमैत्री अभियान चलाउने अनि प्रवासमा आर्जेको ज्ञान र सीपलाई मुलुकको बिकासमाउपयोग गर्ने बातबरण बनाउनु मेरो पहिलो उद्देस्य हुनेछ, सापकोटाले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्