नेभिगेशन
अन्य

निर्माण सामग्री आयातमा सरकारले अधिकतम भन्सार छुट गराउने

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले पुनःनिर्माणकालागि आवश्यक सामग्रीको आयतमा सरकारले अधिकतम भन्सार छुट गर्ने तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री दैवी उद्दार तथा राहत कोषमा रकम जममा गर्न गएको निर्माण व्यावसायीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा महतले महाविपत्तिको समयमा आयत गरिने निर्माण सामग्रीमा सरकारले भन्सार छुटको व्यावस्था गर्न लागेको बताएका हुन् । मन्त्री महतले पुनःनिर्माणमा नेपाली श्रम र शिपको प्रयोग हुने भएकाले आफुलाई यतारी हालतमा राख्न समेत आग्रह गरे । अर्थमन्त्रीसँग कुरा गर्दै निर्माण व्यावसायीहरुले पुनःनिर्माण र भग्नावशेष हटाउने उपकरणको अभाव भएकाले उपकरण ल्याउन भन्सार छुट गरिदिन आग्रह गरेका थिए । अर्थमन्त्री महतसँग व्यावसायीहरुले आफुहरु नव नेपाल निर्माणकालागि जस्तोसुकै त्याग गर्न पनि तयार रहेको तर, सरकार उदासीप्न भएको दुखेसो गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्