नेभिगेशन
अन्य

तलब माग्दै पत्रकार महासंघको आन्दोलन

काठमाडौं । श्रमको मूल्य र न्युनतम पारिश्रमिकको सम्मान र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिएको छ । महासंघ केन्द्रीय कार्य समितिकै आह्वानमा पत्रकारहरु तलब नदिने सन्चारगृहमा धर्ना बसेका हुन् । पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टकै नेतृत्वमा पत्रकारहरु मंगलवार हिमालय टेलिभिजनको कार्यालयमा धर्ना बसेका छन् । हिमालय टिभीमा दुई घण्टा धर्ना पछि एभिन्युज टेलिभिजनमा धर्ना दिने कार्यक्रम रहेको महासंघका केन्द्रीय सदस्य माधव दुलालले जानकारी दिए । पत्रकारहरुलाई काम लगाएर महिनौंसम्म तलब नदिने, न्युनतम पारिश्रमिक लागु नगर्ने र श्रमजीवी पत्रकार ऐन अनुसार व्यवहार नगर्ने सन्चारगृह विरुद्ध आन्दोलन घोषणा गरिएको केन्द्रीय सदस्य पवनवर्षा शाहले बताइन् । धर्नामा प्रेस चौतारी, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, महासंघका नेताहरु पनि सहभागी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्