नेभिगेशन
अन्य

पुबुदु दासानायकेसंगको सम्झौता आज सकिँदै

काठमाडौं‌ । एकबर्ष अघि सरकारसंग सोझौ संझौता भएपछि राष्ट्रिय टोलीको प्रशिक्षक भूमिकामा फर्केका प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता आजबाट सकिँदैछ। एकबर्ष अघि नेपाल क्रिकेट संघ क्यानले संझौतामा आनाकानी गरेपछि नेपाल सरकारसँग सोझै सम्झौता गरेर एकवर्षे म्याद थप गरेको थियो । श्रीलंकाली मूलका क्यानाडेली पुबुदु हाल ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा भारतको हिमाञ्चल प्रदेशमा राष्ट्रिय टोलीको नेतृत्व लिएर पुगेका छन । उनलाई सोमवार साँझसम्म पनि नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले म्याद थप गरेको बारेमा कुनै जानकारी दिएको छैन् । सरकार र पुबुदुबीच मासिक १० हजार डलर पारिश्रमिक तथा नेपाल बसाइका लागि थप २ लाख रुपैयाँ सरकारले उपलब्ध गराउने गरी सम्झौता भएको हो। नेपाली क्रिकेटमा राष्ट्रिय टोली र क्यानबीच विवाद भइरहेका बेला असारमा सरकार आफैले पुबुदुको सम्झौता नवीकरण गर्ने निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव युवराज लामा, खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, क्यान र राष्ट्रिय टोलीको चौतर्फी विवादको फाइदा उठाउँदै सरकारले यस्तो कदम चालेको हो। पुबुदु २०११ अक्टोबरमा पहिलोपल्ट मासिक ५ हजार डलर पाउने गरी ६ महिनाका लागि नेपाली राष्ट्रिय टोलीमा आएका थिए। उनको नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ र ३ मा उपाधि जित्नुका साथै एसिसी ट्रफीमा संयुक्त अरब इमिरेट्ससँगै संयुक्त विजेताको उपलब्धि हासिल गरेको थियो। नेपाललाई ट्वान्टी–२० विश्वकपमा छनोट गराउनुका साथै प्रतियोगितामा हङकङ र अफगानिस्तानमाथि विजय पाएपछि पुबुदुको तलब बढाएर मासिक ८ हजार डलर पुर्यााइएको थियो। ट्वान्टी–२० विश्वकपको त्यही प्रदर्शन नेपालले आइसिसीबाट असारमा ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाउनुको मुख्य कारण थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्