सिड्नी । गैरआवासिय नेपाली संघ एनआरएनले अध्यक्ष शेष घलेलाई सरकारले भुकम्पबाट भएको क्षतिको पुर्ननिर्माणका लागि अन्तराष्ट्रिय सहयोग जुटाउनका लागि बिषेश दुत नियुक्त गरेकाले संसारभर छरिएर रहेका नेपालीले गौरब महशुस गरेको जनाएको छ । गैरआवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता मन केसीले एक बिज्ञप्ती निकालेर गैरआवसिय नेपालीहरुले आफ्नो भावना र योगदानको कदर भएको महशुस गरेको जनाएका छन् । विप्तीमा भनिएको छ–‘महाभुकम्पसंगै आपतकालिन राहत बितरणमा व्यक्तीगत र संस्थागत रुपले समेत सक्रिय भई संसारभरका गैरआवसिय नेपालीलाई स्वमसेवकको रुपमा परिचालित गर्दै उदाहरणीय काम गर्न सफल अध्यक्ष शेष घलेलाई ऐतिहाँसिक जिम्मेवारी दिएकोमा संघ सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ ।’ प्रवक्ता केसीले अध्यक्ष घलेलाई बिषेश दुत नियुक्त भएकोमा धन्यवादका साथै कार्यकालको शुभकामना समेत दिएका छन् ।