नेभिगेशन
अन्य

संविधान जारी गर्न सम्पुर्ण शक्ति लगाउन एमाओवादीको निर्णय

काठमाडौं । एमाओवादीले पार्टीको सम्पुर्ण शक्ति संविधानसभाबाट एक महिना भित्र संविधान जारी केन्द्रित गर्ने भएको छ । पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकले नेतृत्व लगायत सबै शक्तिलाई संविधान जारी गर्ने दिशामा केन्द्रित गर्ने निर्णय गरेको हो ।यसैअवधिमा १६ बुँदे सहमति किन गरियो बारे जनता र कार्यकर्तालाई जानकारी गराउने अभियान पनि थालिने बैठकले निर्णय गरेको छ । भूकम्पपीडित क्षेत्रको पूनर्निर्माणमा पार्टीले आफ्नो सामथ्र्यले भ्याएसम्म चहिने आवश्यक सामग्री पनि जुटाउने र श्रमशिविरको कामलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ ।बैठकमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले कतिपय विषयमा असहमति कायम रहेपनि अहिलेको सन्दर्भमा १६ बुँदे सहमति महत्वपूर्ण भएको बताए । उनले सहमतिले संविधान निर्माणको बाटो खुला गरेको र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न काम गरेको उल्लेख गरे । ‘सहमतिलाई भाँड्ने प्रयास हुनसक्छ,’ उनले भने– ‘त्यसतर्फ सचेत भएर सम्पूर्ण पार्टी पंक्ति अगाडि बढ्नुपर्छ ।’ उनले त्यस्ता प्रयासलाई रोक्नुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्