भक्तपुर । नेपाली काँग्रेसका पार्टी प्रवत्ता दिलेन्द्र प्रसाद बडुले संविधान जारी पछिमात्र सुशिल कोईरालाले प्रधान मन्त्रीको पद छाड्ने बताएका छन् । रफत सञ्चार क्लवले शनिवार आयोजना गरेको साक्षातकार कार्यक्रमा बोल्दै बडुले सरकारमा आउनेहरुका लागि काँग्रेसले सदा ढोका खुल्ला राखेता पनि संविधान जारी नभए सम्म शुसिल कोइरालको विकल्प नभएको बताए । सहमती अनुसार संविधान जारी पछि प्रधान मन्त्रीको पालो एमालेको भएता पनि सवै दलहरुको सहमतीमै निर्भर हुने उनको टिप्पणी थियो । उनले भने ‘संविधान विषयमा लामो समयम सम्म पनि नेताहरुको बैठकले गर्न नसकेको काम यो विपत् पश्चात जेष्ठ २५ को भूमिकाले संविधान जारी हुनेछ’ । प्रवक्ता बडुले स्थानिय निकायमा प्रतिनिधिहरुको उपस्थित नहुँदा भोग्नु परेको पिडालाई बुझि स्थानिय निकायको निर्वाचन तर्फ लाग्नु पर्ने भताए । राहत वितरणमा आएका भ्रष्टाचारको विषयमा छानविन गरिनु पर्ने र दोष देखिए कसैलाई छाड्न नहुने भन्दै एनजीओ र आईएन जीओको भूमिकाको अगाडी दलहरु झुक्न बाध्य भएको बडुले बताए । एनजीओ र आईयनजीयो ले आफ्नो उदेश्य पुरा गर्नका लागि एकद्धार प्रणाली लागू हुन नदिएको भएता पनि यस्तो विपतका समयमा सहयोगका लागि सरकार लचक भएको उनको दाबि थियो । मनसुनको सुरुवात सँगै विपत्मा परेकाहरुका लागि तत्कालै बासको व्यवस्था गर्नु पर्ने हुँदा यसतर्फ सबैको ध्यान जानु पर्ने उनले बताए । । तर सरकारले भौतिक पूर्वाधारको विकाससँगै छरिएर रहेका बस्तीहरुलाई एकिकृत गरि सामुहिक बस्तीको अवधारणा ल्याएको बताए ।