नेभिगेशन
अन्य

निजी विद्यालयविरुद्ध आजबाट विद्यार्थी आन्दोलन

काठमाडौं । भुकम्पका बेलामा नीजि बिद्यालयहरुले शुल्क लिएको भन्दै बिद्यार्थी संगठनहरुले आन्दोलन थालेका छन् । विद्यार्थी संगठनहरुले शनिबारबाट वैशाख ६ गते सरकारसँग भएको १० बुँदे सहमतिको कार्यान्वयन तथा भूकम्पपछि विद्यालय बन्द भएको समयको शुल्क नलिन गरेको आग्रहलाई बेवास्ता गरिएपछि आन्दोलित हुनुपरेको विद्यार्थी संगठनहरुले जनाएका छन् । कांग्रेस निकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु र एमाओवादीनिकट अखिल क्रान्तिकारीसहतिका १३ वटा विद्यार्थी संगठनले शनिबार संयुक्त विज्ञप्ती निकालेर आन्दोनलको घोषणा गरेका हुन् । विद्यार्थी संगठनहरुले भूकम्पको पींडामा पनि निजी शैक्षिक संस्थाहरु नाफा र व्यपारी चरित्र देखाउदै मानवियता नदेखाएको जनाएका छन् । उनिहरुले नीजि बिद्यालयहरु मुलुकमा महाविपत्ती आएर बिद्यालय बन्द भएको एक महिनाको शुल्क मिनाहा गर्न तयार नभएपछि आन्दोलनमा उत्रन बाध्य हुनुपरेको उल्लेख गरेका छन् । ‘१० बुँदे कार्यान्वयन र महाविपत्तिपछि अभिभावक र विद्यार्थीका पक्षमा उठाइएका मागहरु सम्बोधन नहुन्जेल हाम्रो आन्दोलन रोकिन्न’, विद्यार्थी संगठनहरुको विज्ञप्तीमा भनिएको छ । शनिबार गरिएको पत्रकार सम्मेलनमा एमाले निकट अनेरास्वयिुका अध्यक्ष किशोर विक्रम मल्लले आफूहरूले शिक्षा क्षेत्रमा सुधारका लागि सञ्चालन गरेको अभियानमा सहयोग नगरेको आरोप लगाए । निजी विद्यालयमा वैज्ञानिक शुल्क निर्धारणका लागि विज्ञ समिती गठन गर्ने, विद्यालयहरूले विद्यार्थीबाट मनपरि रूपमा लिइरहेको शुल्क नियन्त्रणका लागि अनुगमन गर्ने लगायतका विषयम सम्झौता गरेपनि कार्यानवयन नभएको विद्यार्थीहरूको आरोप छ । बिद्यार्थी संगठनहरुले आन्दोलनका क्रममा जेठ ३१ गते प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाउने नेविसंघका अध्यक्ष रन्जित कर्णले जानकारी दिए । त्यसैगरी ३२ गते जिल्ला जिल्लामा विद्यार्थीहरुको संयुक्त बैठकले शैक्षिक संस्था अनुगमन टिम गठन गर्ने भएको छ । विद्यार्थी संगठनले असारबाट आन्दोलन कडा बनाउने भएका छन् । उनीहरुले असार १ गतेबाट शिक्षा मन्त्रालयका अधिकारी र निजी विद्यालयका मालिकहरु चढ्ने गाडी गुड्न नदिने घोषणा गरेका छन् । सोही दिन अभिभावक र विद्यार्थीहरुलाई बोलाएर राखिने बैठकबाट संयुक्त संघर्ष समिति बनाई आन्दोलन अघि बढाउने विद्यार्थी संगठनहरुले जनाएका छन् । विद्यार्थी संगठनहरूले निजी विद्यालयहरूले मासिक शुल्क बाहेक अन्य शिर्षकमा गरिएको शुल्क मिनाह गरेपछि विरोध जनाएका हुन् । शुल्क मिनाहको नाममा अभिभावकको आँखामा छारो हान्ने काम गरिएको भन्दै आन्दोलन घोषणा गरेको नेपाल बिद्यार्थी संघका अध्यक्ष कर्णले जानकारी दिए । बिद्यार्थी संगठनले गएको बुधबार नै आन्दोलनको तयारीमा रहेपनि शिक्षामन्त्री चित्रालेखा यादवले माग सम्बोधन गर्ने भनेपछि रोकिएका थिए । विहिवार प्याव्सन र एनप्याब्सनले सयुक्त रुपमा एक महिनाको यातायात, प्रयोगशाला, खाजाखर्च जस्ता शिर्षकको शुल्क मिनाह गर्ने विज्ञप्तिमार्फत जनाएका थिए । बिद्यार्थी संगठनले प्यावसन र एनप्याब्सनले लटरपटर खालको विज्ञप्ति निकालेर अन्य शिर्षकमा गरिएको शुल्क मिनाह आफूलाई मान्य नभएको बताएका छन् । बिद्यार्थी संगठनले शैक्षिक हडतालसम्मको आन्दोलन घोषणा नगर्ने जानकारी गराउदै विद्यालय संचालकलाई लक्षित गरी आन्दोलन हुने चोवनी दिएका छन् । ‘विद्यालय भर्खर खुलेको हुनाले शैक्षिक हडतालका कार्यक्रम हुदैनन’ कर्णले भने, ‘तर विद्यालय संचालकलाई मासिक शुल्क मिनाह गर्न दवाव दिन खालका आन्दोलन हुने छन् ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्