नेभिगेशन
अन्य

दोलखाको सिंगटी केन्द्र बनाएर ५.२ रेक्टर स्केलको पराकम्पन

काठमाडौं । दोलखालाई केन्द्र बनाएर शनिबार बिहान ५.२ रेक्टर स्केलको पराकम्पन गएको छ । बिहान सात बजेर तीन मिनेट जाँदा दोलखाको सिंगटीलाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार पनि दुई पटक भूकम्पका पराकम्पन महशुस गरिएको थियो । बिहान एक बजेर २२ मीनेट जाँदा गोरखाको लाप्राक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्पन गएको थियो भने बिहान १० बजेर १९ मीनेट जाँदा दोलखा भीमसेन मन्दिर नजिकै केन्द्र विन्दु बनाएर ४‍.४ रेक्टर स्केलको पराकम्पन गएको थियो । गत वैशाख १२ गते गएको ७.८ रेक्टर स्कलको भूकम्पपछि अहिले पनि भूकम्पका पराकम्पन आउने क्रम जारी रहेको छ । भूकम्प आएलगतै पराकम्पन आउने क्रम तीव्र भएपनि अहिले पराकम्पन आउने क्रम न्यून भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्