नेभिगेशन
अन्य

कांग्रेस सभासद सिंहले संवाद समितिमा दर्ता गरे लिखित असहमति

काठमाडौं । नेपाली कांग्रेस सहित चार राजनीतिक शक्तिबीच भएको १६ बुँदे सम्झौताप्रति कांग्रेस सभासद अमरेश कुमार सिंहले संवाद समितिमै फरक मत दर्ता गराएका छन् । उनलाई नेपाली कांग्रेस भित्र विवादस्पद भुमिकाका सभासदका रपमा लिने गरिन्छ । संवैधानिक राजनीतकि संवाद तथा सहमति समितिका सदस्य रहेका सभासद सिंहले सभापति डा. बाबुराम भट्टराई समक्ष ९ बुँदे फरक मत दर्ता गराएका हुन् । उनले प्रदेशको सिमांकन संघीय आयोगको प्रतिवेदनका आधारमा व्यवस्थापिका संइसदको दुई तिहाई बहुमतले निर्णय गर्ने कुरा संविधान विपरित भएको दावी गरेका छन् । संविधानसभाले गर्ने काम संसदल गर्न नसक्ने दावी गर्दै सिंहले रुपान्तररित संसदले प्रदेशको सिमा तोक्न नसक्ने दाबि गरेका छन् । कांग्रेस सभासद सिंहले प्रतिनिधिसभा कुल २ सय ७५ सदस्य रहने अवस्थामा भूगोलका आधार होइन जनसंख्याको आधारमा मात्रै कुले १ सय ६५ संसदीय निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने मत राखेका छन् । चार दलको १६ बुँदे सम्झौतामा भूगाले र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने उल्लेख छ । त्यस्तै राष्ट्रिय सभाको कुल सदस्य संखया जनसंख्याको आधारमा कायम गर्नुपर्ने उनले माग गरेका छन् । १६ बुँदे सम्झौतामा प्रत्येक प्रदेशबाट ५ सदस्य हुने उल्लेख छ । सिंहले समानुपातिक निर्वाचनमा थ्रेसहोल्ड राख्न नहुने मत दर्ता गरेका छन् । थ्रेस होल्ड राख्दा साना दलको अस्थित्व समाप्त हुने र सिमान्तकृत महिला दलित जनजातिको प्रतिनिधित्व नहुने उनको दावी छ । यी लगायत संवैधानिक अदालत, न्यायप्रणाली, मधेशी अयोाग लगायतका विषय उठाउदै सिंहले पार्टीको आधाकारिक धारणा विपरित फरक मत राखेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्