नेभिगेशन
अन्य

उपसमितिले काम नसकेको भन्दै संवाद समितिको बैठक दिउसो १ वजेलाई सारियो

काठमाडौँ । आज बिहान १० वजे बस्ने भनिएको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठक उपसमितिले थप समय मागेपछि दिउसो १ वजे बस्ने भएको छ । समितिका सभापति डा बाबुराम भट्टराईका अनुसार उपसमितिले ककाम नसकेकाले संवाद समितिको बैठक दिउसो १ वजे बस्न लागेको हो । समितिको हिजो बैठकमा संविधान लेखनलाई सजिलो तुल्याउन सहमतिको प्रस्ताव निर्माण गर्न गठन भएको उपसमितिले दिनभर गरेको कामको प्रगति विवरण सुनाएको थियो । उपसमितिले आफूलाई दिएको जिम्मेवारीलाई पूरा गर्न थप केही समयको माग गरेपछि हिजो साँझ बसेको संवाद समितिको बैठक आज १० बजेसम्मका लागि स्थगन भएको थियो । समितिको हिजो बिहानको बैठकले पूर्णबहादुर खड्काको अध्यक्षतामा ६ सदस्यीय उपसमिति गठन गरेको थियो । दलबीच भएको १६ बुँदे सहमतिको मूलभावनालाई समेटेर संविधान लेखनलाई तीव्र तुल्याउन सहमतिको प्रस्ताव निर्माण गर्ने जिम्मेवारी दिइएको थियो । राजनीतिक संवाद समितिले दिएको एक र संविधान निक्र्यौल समितिले दिएको सात वटा प्रतिवेदनको उपसमितिले अध्ययन गरेर सहमतिको प्रस्ताव निर्माण गर्ने छ । उपसमितिले अधिकांश विषयमा सहमतिका आधारमा प्रस्ताव तयार गरेपनि नागरिकतालगायत केही विषयमा दलका शीर्ष नेताको धारणा माग गरेको बुझिएको छ । निक्र्यौल समितिले दिएको सातवटा प्रतिवेदनमध्ये चारवटा प्रतिवेदनमा आंशिक रुपमा मात्र दलबीचमा सहमति भएको थियो भने बाँकी रहेको तीन वटा प्रतिवेदनमा पूर्णरुपमा सहमति खोज्नु पर्ने काम बाँकी नै छ । संवाद समितिको आज बस्ने बैठकले चार दलबीच भएको सहमतिका आधारमा सहमतिको प्रतिवेदन संविधानसभामा पठाउने छ । संविधानसभाको बैठक आज दिउसो ३ वजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्