काठमाडौं । बैशाख १२ गतेको बिनाशकारी भुकम्पका कारण ठुलो जनधनको क्षति भएपछि सवै क्षेत्रले विपत व्यवस्थापनका बारेमा बहस र छलफल थालेका छन् । यसै सन्दर्भमा नेपाल इन्जिनियरिङ कलेजले बिनाशकारी भुकम्पका चुनौती र विपत व्यवस्थापनमा इन्जिनियर र आर्किटेक्टको भुमिकाका सम्बन्धमा छलपल भएको छ ।
छलफलमा सहभागिहरुले इन्जिनियरिङ र आर्टिटेक्टको सवै सल्लाह र सुझाव अनुसार निर्माण भएका संरचनाहरुलाई भुकम्पले कुनै असर नगरेको दाबि गरेका छन् । उनिहरुले संरचनाहरु निर्माण गर्दा अर्धदक्ष जनशक्तिले निर्माणको काममा लागेको, बिषेश गरि संरचना निर्माण गर्ने ठेकेदारहरुलाई निर्माण सम्बन्धी उचित ज्ञाानको अभाव हुँदा समस्या आएको धारणा राखेका थिए ।
यसका साथै बिषेश गरि इन्जिनियरको संरचनाको डिजाइन गर्दा नक्सापास गर्नका लागि मात्र प्रयोग गरेकाले समेत संरचनाहरुमा भुकम्पले ठुलो क्षति पु¥याएको उनिहरुको ठहर थियो । बिषेश गरि व्यावसायीक हिसाबले निर्माण गरिएका संरचनामा ठुलो क्षति भएको उनिहरुको निष्कर्ष थियो । सो छलफल कार्यक्रममा भुगर्भविद सुधिर रजौरे, प्रा डा. राजन सुवाल, अर्का प्रा डा टेकराज ज्ञावलीले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा क्याम्पसका प्राचार्य प्रा शोभाकान्त देवले भुकम्पपछिको अवस्थामा बिभिन्न हल्ला फैलिएको अवस्थामा पनि आर्टिटेक्ट र इन्जिनियरहरुको भुमिका महशुस भएको बताएका थिए