काठमाडौं । नयाँ संविधान निर्माणका लागि १६ बुँदे सहमतिले नसमेटेका र अन्य सहमति हुन बाँकी रहेका विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको छ। उपसमिति सदस्यहरुमा एमाओवादी महासचिव कृष्णबहादुर महरा, एमाले सचिव गोकर्ण विस्ट, राप्रपा नेपालका दिलनाथ गिरी, थरुहट तराइ पार्टीका गोपाल दहित प्रेमबहादुर सिंह रहेका छन्।
उपसमितिलाई दिउसो साँझ ४ बजेसम्म गृहकार्य गरी प्रतिवेदन समितिमा पेश गर्ने जिम्मेवारी दिइएको छ। सम्वाद समितिको बैठक ४ बजेसम्मको लागि स्थगित भएको छ। बिहानको बैठकमा समिति सभापति बाबुराम भट्टराईले दलका शीर्ष नेताहरुलाई सहमति हुन बाँकी रहेका विषय पढेर सुनाएका थिए।