नेभिगेशन
अन्य

राप्रपा नेपाल असंतुष्ट समुहका नेता पद्यमसुन्दर लावतीको निधन

काठमाडौं । पूर्व मन्त्री तथा राप्रपा नेपाल असंतुष्ट समुहका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधबार निधन भएको छ। राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान ५ बजे निधन भएको हो। लावती पछिल्लो सयम राप्रपा नेपालको असन्तुष्ट पक्षको सुध्रिढीकरण अभियानका सभापति थिए। क्यानसर रोगी उनी केही समयदेखि नर्भिक अस्पतालमा उपचाररत थिए। पहिले कांग्रेसको राजनीति गरेका उनी १७ सालपछि पन्चायतको समर्थक भएका थिए। पन्चायतकाल र बहुदलीय व्यवस्थापछि पनि उनी पटक पटक मन्त्री बनेका थिए। लावतीको जन्म १९९६ साल साउन सात गते पाकिस्तानको बलुचिस्तानमा जन्म भएको हो। उनको शनिबारमात्रै दाहसंस्कार गरिने राप्रपा नेपालको असन्तुष्ट पक्षको सुध्रिढीकरण अभियानका उपाध्यक्ष दिलविकासराज भण्डारीले जानकारी दिए। परिवार सदस्यले अमेरिका र क्यानडामा रहेका छोराछोरी आएपछि मात्र अन्त्येष्टि गर्ने बताएका छन्। लावतीका दुई छोरी र तीन छोरा छन्। उनका एक छोरा अमेरिका र अर्को छोरा क्यानडामा छन्। अर्का एक छोरा सगुन लावती राप्रपा नेपाल असन्तुष्ट पक्ष सुध्रिकरण अभियानकै प्रवक्ता हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्