काठमाडौं । संवैधानिक परिषदले सर्बोच्च अदालतको प्रधान न्यायधीशमा बरिष्ठतम न्यायधीस कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ । मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषदको बैठकले श्रेष्ठको नाम सिफारिस गरेको सभामुख सुवास नेम्वाङले जानकारी दिए ।
प्रधानन्यायाधीश रामकुमार प्रसाद साहले उमेरका कारण आगामी असार २३ गते अवकास पाउने भएकाले भावी प्रधान न्यायाधीसमा श्रेष्ठको नाम सिफारिस भएको हो । संसदीय सुनुवाई प्रक्रिया समेत पार गर्नुपर्ने भएकाले परिषदले एक महिनाअघिनै श्रेष्ठको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । श्रेष्ठले प्रधान न्यायाधीशका रुपमा एक वर्ष पनि पूरा गर्न पाउने छैनन् । श्रेष्ठ न्याय सम्पादनमा सक्षम र आर्थिक मामिलामा विवादमा नआउने न्यायाधीशका रुपमा परिचित छन् । उनले पनि उमेरका कारण आगमी चैत मसान्तमा अवकाश पाउनेछन् । श्रेष्ठपछि प्रधान न्याधीशको रोलक्रममा सुशीला कार्कीको नाम छ । कार्कीभन्दा बरिष्ठ न्यायाधीश गिरिशचन्द्र लाल उमेरका कारण पहिलेनै अवकाश हुने भएकाले उनी नेपालको इतिहासमा पहिलो महिला प्रधान न्यायाधीश हुने रोल कायम भएको हो ।