नेभिगेशन
अन्य

पुनरावेदनका २८ अस्थायी न्यायधीशको पदावधी सकिदै

काठमाडौं । पुनरावेदन अदालतका २८ अस्थायी न्यायाधीशको पदावधि आज सकिँदैछ । न्यायपरिषदले उनिहरुको म्याद थप नगरेमा आजै साँझ ५ वजेबाट समयावधि सकिदैछ । उनिहरुको पदावधी रहने वा नरहने अनिश्चित भएपछि पुनरावेदन अदालतका अधिकांश अस्थायी न्यायाधीशलाई सोमबार मुद्दाको जिम्मेवारी तोकिएन । अधिकांश अस्थायी न्यायधीशहरु बिदा लिएर काठमाडौं आई प्रधानन्यायधीश तथा कानुनमन्त्रीलगायत परिषद् सदस्यकहाँ पद थमौतीका लागि लबिङमा छन् । उनीहरूले आइतबार परिषद् अध्यक्ष रहेका प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई भेटेर समस्या अवगत गराएका थिए । २८ न्यायाधीशको भविष्य संकटमा पर्न थालेपछि नेपाल बार एसोसिएसनले सोमबार अनिर्णयको बन्दी हुन नदिन प्रधानन्यायाधीश साहको ध्यानाकर्षण गरेको थियो । एकैपटक ठूलो संख्यामा न्यायाधीश अभाव हुँदा जनताको न्याय पाउने अधिकार कुण्ठित हुने भन्दै बारले विज्ञप्तिमार्फत ध्यानाकर्षण गरेको हो । अस्थायी न्यायधीशको पदावधी आज समाप्त हुने भएपनि अहिले सम्म न्यायपरिषदको बैठक बोलाइएको छैन् । बैठक परिषदका अध्यक्ष एंव प्रधानन्यायधीशले बोलाउनुपर्ने व्यवस्था रहेको छ । तर अहिले सम्मपनि सदस्यहरुलाई परिषदको बैठकका जानकारी छैन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्