नेपालगञ्ज । दाङको लमही देखि कोहरपुर बीचमा अप्टीकल फाइबरमा खराबी आएका कारण मध्यपश्चिमका दाङ सहित सबै जिल्लामको नमस्ते र सिडिएमए मोवाइल सेवा अवरुद्ध भएको छ। आइतबार अपरान्ह साढे ४ बजे अचानक अप्टीकल फाइबर चुँडिएकोले यस्तो समस्या उपत्पन्न भएको टेलिकम कार्यालयले जनाएको छ। त्यस्तै चट्याङका कारण राजापुरको माइक्रोओएव नचल्दा बर्दिया बाहेकका १५ वटै जिल्लामा नमस्ते र सिडियमए मोवाइले काम नगेको नेपाल टेलिकमको राप्ती अंचल कार्यालय तुलसीपुरले जनाएको छ। तर दाङ लगायत अन्य सबै जिल्लाहरुमा ल्याण्डलाइन फोनले काम गरिरहेको कार्यालयले जनाएको छ। बिग्रिएको अप्टिकल फाइबर मर्मतका लागि बाँकेबाट टोलि समबन्धित स्थानमा गइसकेको बताइएको छ। तर कतिबेला देखि मोवाइल सेवा सुरु हुने भन्ने यकिन गर्न नसिकने टेलिकमको कार्यालय राप्ती तुलसीपुरले जनाएको छ। मोवाइल सेवा आइतबार बेलुकादेखि अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सञ्चारकर्मीलाईसमेत सूचना संकलनमा समस्या भएको छ।