काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानको अन्तरवस्तुको टुंगो आजै लाग्ने बताएका छन्। राजधानीको सोह्रखुट्टेमा आयोजित पार्टीको कार्यक्रममपछि उनले यस्तो बताएका हुन्। नेता नेपाले भने, ‘संविधानको आजै लाग्छ।सहमति भए पनि आजै हुन्छ,सहमति भएन भने पनि आजै प्रक्रिया सुरु हुन्छ।’ उनले सहमतिको नाममा धेरै लामो समय दललेहरुले खेल फालिसकेकोले अब सहमतिका लागि फेरि पर्खिने अवस्था नरहेको बताए। बावाटारमा सोमबार हुन लागेको बैठकमा संविधानको अन्तरवस्तुमा सहमति जुट्ने विश्वास व्यक्त गर्दै उनले भने, शधेरै कुरा मिलिसकेको छ,राज्य पुर्नसंरचनाको विषयमा पनि सहमतिको अवस्था बन्दैछ।आठ प्रदेशसम्ममा गएर भए पनि सहमति गर्न हामी लचिलो छौं।’
नेता नेपालले आज बालुवाटारमा सहमति बन्न नसकेमा आजैदेखि दुई तिहाइबाट संविधान ल्याउने प्रक्रिया सुरु हुने बताए । संविधानमा सहमति जुटेपछि मात्रै राष्ट्रिय सरकारको गठनमा लाग्नुपर्नु नेता नेपालले जोड दिए।