नेभिगेशन
अन्य

संविधानसभाको आजको बैठकमा पनि शोक प्रस्तावमा सिमित

काठमाडौँ । संविधानसभाको आजको बैठक पनि शोक प्रस्ताव पारित गरेर समाप्त हुने भएको छ । प्रतिनिधिसभा सदस्यको रुपमा २०५६ सालको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सदस्य डा गोपालप्रसाद कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए । दलहरुको बीचमा संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि पटक–पटक छलफल भएपनि हालसम्म सहमति हुन सकेको छैन । दहलहरुबीच सहमति भए दोस्रो बैठक राखेर भए पनि संविधानसभालाई अगाडि बढाउने तयारी गरिएको छ । यसअघि पनि संविधानसभा बैठक लगातार ३÷४ पटक शोक प्रस्ताव पास गर्दै स्थागित भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्