नेभिगेशन
अन्य

शीर्ष नेता र चर्चित कलाकारबीच फुटबल खेल सुरु, हरियो जर्सीमा नेता र रातोमा कलाकार

काठमाडौं । शीर्ष नेता र चर्चित कलाकारबीचको खेल सुरु भएको छ । हलचोक मैदानमा सुरु खेलमा हरियो जर्सीमा नेता र रातोमा कलाकार रहेका छन । फुटबल खेलको उद्घाटन राष्ट्रपति डा। रामवरण यादवले गरेका हुन् । नेताहरुको नेतृत्व प्रधानमन्त्री सुशील कोइरालाले गरेका छन् भने कलाकारको तर्फबाट महजोडीले गरेका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल , एमालेका अध्यक्ष केपी ओली, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, पूर्वप्रधानमन्त्री एवम एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवम एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई, एमाओवादी नेतृ हिसिला यमी र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य छन् । यस्तै कलाकारको तर्फबाट मह जोडी, शिव श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे, दिपाश्री निरौला, करिष्मा मानन्धर लगायत छन् । मैत्रिपूर्ण फुटबल खेलको राष्ट्रपतिदेखि विभिन्न दलका नेता, कलाकारहरु र आम नागरिक दर्शक बनेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्