नेभिगेशन
अन्य

डिडिसीले आज वितरण गरेको सवै दुध फाट्यो

काठमाडौं । दुद्य विकास संस्थान डिडिसीले आज उपत्यकामा वितरण गरेको सबै दुध फाटेको छ। दुधमा खराबी देखिएपछि डिडिसीको सट्टा उपभोक्ताले अन्य कम्पनीको दुध लगेका छन्। आफ्नो दुधमा समस्या देखिएपछि डिडिसीले उपभोक्तालाई अरु कम्पनीको दुध उपलब्ध गराएको जनाएको छ। लगभग एक हप्तादेखिको स्टक दुध प्रयोग गरेका कारण फाटेको कृषि विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ। अहिले उपत्यकामा डिडिसीले दैनिक ९५ हजार लिटर दुध बिक्री गर्दै आएको छ। भूकम्प अगाडी भने १ लाख ५० हजार लिटर बिक्री गर्दै आएको मन्त्रालय स्रोतले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्