नेभिगेशन
अन्य

संविधानमा सहमतिपछि राष्ट्रिय सरकार : पुष्पकमल दाहाल

काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानमा सहमति भएपछि मात्रै राष्ट्रिय सरकार गठन हुने बताएका छन्। भूकम्पपछिको अवस्था बुझ्न शनिबार गोरखा पुगेका दाहालले भने, ‘पहिले संविधान तथा शान्ति प्रक्रियाका सबै विषयमा सहमति गरेपछि मात्रै एउटा बलियो राष्ट्रिय सरकार बनाउनुपर्छ। त्यसबारेमा दलहरुबीच सकारात्मक छलफल भइरहेको छ।’ दाहालले संविधानका विषयमा राजनीतिक तहमा सहमति नहुँदासम्म सरकार गठनका लागि झगडा गर्न नहुने बताए । उनले भने, ‘संकटको घडीमा अहिले हामी एकतावद्ध हुनुपर्छ । पहिलो प्राथमिकता संविधान नै हो । संविधानमा पूर्ण सहमति भएपछि बल्ल नवनिर्माणका लागि राजनीतिक सहमतिमा एउटा शसक्त राष्ट्रिय सरकार बनाएर अघि बढ्नुपर्छ।’ दाहालले दलहरुबीचको छलफलबाट संविधान जारी गर्ने मिति र राष्ट्रिय सरकार गठनको मिति छिटै तय हुने बताए । उनले भने, ‘प्रधानमन्त्री सुशील कोइरालाले पनि अल्पमतमा पर्ने संकेत पाएपछि एक साउनसम्मा छोड्ने भनेका छन् । यसले पनि राष्ट्रिय सरकार निर्माणका लागि सकारात्मक वातावरण बनाएको छ।’ नेपालको नवनिर्माणमा दुवै छिमेकी भारत र चीनके साझेदारी महत्वपूर्ण हुने उनले बताए । उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदा त्रिदेशीय आन्तरिक साझेदारीको सहमति भएको छ। त्यो अनुसार सहयोग भएमा नवनिर्माणको अभियान प्रभावकारी हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्