नेभिगेशन
अन्य

बैशाख १२ पछि २ हजार भन्दा बढि भुकम्पका झड्का, काठमाडौ केन्द्र भएका १२ झड्का

काठमाडौ । वैशाख १२ को विनाशकारी महाभूकम्पपछि काठमाडौ केन्द्र भएर नै १२ भूकम्प गएका छन् । महाभूकम्पपछि पनि शक्तिशाली भूकम्प गएको र पटक पटकको पराकम्पले गर्दा त्रास अझै हट्न सकेको छैन । काठमाडौ बढी जोखिमपूर्ण रहेको भूगर्भविदहरुले बताएपछि काठमाडौमा बस्नेहरुलाई बढी नै त्रास रहेको देखिन्छ । भूकम्प गएको एक महिना भन्दा बढी भइसक्दा पनि राजधानीको जनजीवन पुरानै अवस्थामा फर्किन नसकिरहेका बेला काठमाडौ उपत्यका केन्द्र भएर पराकम्पहरु गइ नै रहेपछि त्रास अझ बढेको हो । शनिवार विहान एक बजेर ५२ मिनेट जाँदा काठमाडौ नै केन्द्र बनाएर ४ म्याग्नेच्यूटको पराकम्प आएको थियो । जुन, राती मस्त निदाएकाहरुलाई त्रसित बनाउने किसिमको थियो । कम म्याग्नेच्यूटको भए पनि ठूलै झड्का दिएपछि राती नै काठमाडौबासीहरु घर बाहिर निस्किएका थिए । वैशाख १२ को भूकम्पपछि दुई हजार बढी पराकम्प गइसकेको छ भने काठमाडौ केन्द्र भएर अहिलेसम्म १२ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्