नेभिगेशन
खेलकुद

एक्सपर्ट ग्रुप नवाज कप–२०१५ संचालन हुने

सिड्नी । नेप्लीज अष्टे«लियन वेलफेयर सोसाइटीले यहि मे ३१ तारिक आइतवारबाट एक्सपर्ट ग्रुप नवाज कप – २०१५ को आयोजना गर्ने भएको छ । प्रवासमा रहेका नेपालीहरुमा फुटबल खेलको माध्यमबाट आपसी भाईचारा तथा सद्भाव कायम गर्न प्रत्येक वर्ष फुटबल आयोजना गर्दै आएको नवाजले यसपटक पनि सो खेललाई निरन्तरता दिएको हो । वेलफेयरका अध्यक्ष संजीव शर्माका अनुसार सो फूटबल खेलमा १६ वटा फुटबल टीमले प्रतिस्पर्धा गर्नेछन् । शर्माका अनुसार हालै नेपालमा गएको विनासकारी महाभूकम्पमा ज्यान गुमाएका परिवारजन तथा घाइतेहरुका लागि अर्थ संकलन कार्य समेत गरिनेछ । लिडकम स्थित वाइड पार्कमा आइतवार(३१ मे) विहान १० बजेदखि हुने सो उद्धघाटन खेलमा शुरुमा भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धान्जली अर्पण गरी ११ बजे पहिलो खेल हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे तथा तेस्रो खेल दिउँसो ३ बजे संचालन हुनेछ । Screen Shot 2015-05-30 at 1.58.57 PM सोसाइटीका सचिव प्रकाश पन्थीका अनुसार १६ वटा फुटबल टीमलाई ग्रुप ए, बि, सी, र डी गरी चार वटा समुहमा विभाजन गरेर खेल खेलाइनेछ । सो खेलमा सहभागी टीमहरुमा बिग्रेड ब्योएज, वेस्ट युनाइटेड, हस्र्टभिल फुटबल क्लब, क्लब नेपाल, हिमालयन क्लब, डाँफे फुटबल क्लब, दी राइजिङ गोरखा, माछापुच्छ्रे, टीआरसीसी, ग्य्रायान्भिल राइनो, सेन्ट जर्ज फेन्डस्, रक्डेल ड्रगन, लालीगुराँस क्लब, नेप्लीज सेन्ट जर्ज क्लब, सगरमाथा फुटबल क्लब र बज्रयोगीनी फुटबल क्लब रहेका छन् । सोसाइटीका सचिव पन्थीका अनुसार अन्य खेलहरु प्रत्येक आइतवार लिडकम स्थित वाइड पार्कमा विहान ११ बजेदेखि हुनेछ, भने फाइनल खेल अगस्त ३० तारिख आइतवारका दिन सम्पन्न हुनेछ । सो फुटबल प्रतियोगिताका विजेता टिमलाई क्रमशः प्रथमलाई एक हजार डलर, द्वितिय टीमलाई पाँच सय र तृतीय टीमलाई तीन सय डलर सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष शर्माले नेपाल न्युज अस्ट्रेलियालाई बताए । Screen Shot 2015-05-30 at 1.59.06 PM प्रतियोगीताको उद्धघाटन खेल तथा अन्य सबै खेलहरुमा समस्त सिड्नीवासी नेपाली समुदायलाई उपस्थिति जनाई फुटबल खेलाडीहरुलाई थप हौसला प्रदान गरिदिनुहुनु पनि शर्माले सबैसँग अपिल गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।