नेभिगेशन
अन्य

एकताका लागि राष्ट्रिय सहमतिको सरकार बनाऔंः देउवा

गोरखा । नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले दलहरूबीच एकता कायम गरी देशलाई अघि बढाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन्। गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्‍याएको क्षति र त्यसपछिको अवस्थाबारे अनुगमन गर्न आज गोरखा सदरमुकाम आइपुगगेका नेता देउवाले भनने,‘राष्ट्रिय एकताका लागि राष्ट्रिय सरकार आवश्यक छ । हामी त्यसैमा लागिपरेका छौँ ।’ राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नेबारे छलफल भएपनि टुङ्गोमा नपुगेको बताउँदै नेता देउवाले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सबै दलहरू एक ठाउँमा बसेर टुङ्गोमा पुग्नुपर्ने जानकारी दिए। देशलाई विपद् परेका बेला सबै दल एकै ठाउँमा उभिनुपर्ने भन्दै उनले विपद्मा परेका नेपालीलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताए। ‘सबै नेपाली एकजुट भएर विपद्को सामना गर्नुपर्ने बताउँदै उनले भने, ‘फेरि हाँसीखुसीको नेपाल फर्काउन एकजुट होऔँ।’ भूकम्पपीडितहरूले राहत पाए÷नपाएको अनुगमन गरेर प्राप्त जानकारी आफूले सरकारलाई जानकारी गराउँदै आएको उनले बताए। नेता देउवाले भूकम्पले क्षति पुर्‍याएको गोरखाको गोरखनाथ गुफा, गोरखादरबार, कालिका मन्दिरको पनि स्थलगत अवलोकन गरेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्