काठमाडौं । सहरी विकास मन्त्रालयको छानबिन टोलीले आफ्नै मन्त्रालयको त्रिपाल खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । मन्त्रालयले भूकम्पपीडितलाई अस्थायी बसोबासका लागि ४ लाख ५२ हजार ७ सय ९ त्रिपाल खरिद गरिसकेको छ। स्रोतका अनुसार छानबिन टोलीमा संलग्न एक अधिकारीका अनुसार कम गुणस्तर भएका सस्तो त्रिपाललाई बढी मूल्य तिरी खरिद भएको पाइएको छ । मन्त्रालयले आन्तरिक समिति बनाई आपतकालीन अवस्थाका लागि बिना टेन्डर सोझै त्रिपाल खरिद गरेको थियो । त्रिपाल खरिदमा अनियमितता भएको आशंकामा मन्त्रालयस्तरीय निर्णयबाट सहसचिव डा. महेन्द्र सुब्बाको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिएको छ । टोलीमा उपसचिवद्वय राजेन्द्र नेपाल र इन्द्रप्रसाद बस्याल छन् ।
टोलीले कम गुणस्तरको त्रिपाललाई बढी मूल्य तिरिएको, मानिस बस्नसमेत अनुपयुक्त त्रिपाल खरिद गरिएको, एउटै गुणस्तरका लागिसमेत घटबढ रकम तिरिएको पाइएको निष्कर्ष निकालेको छ । स्रोतका अनुसार टोलीले व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ । सहरी विकास मन्त्रालयले त्रिपाल खरिद गरेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वितरणका लागि पठाइन्छ । मन्त्रालयको खरिद हेर्ने प्रशासन महाशाखाले आठ किसिमका त्रिपाल खरिद गरेको छ । त्यसमा सबभन्दा बढी एक सय ५० ग्राम प्रतिस्क्वायर फिट (जीएसएम) भएको ३ लाख ९६ हजार ३ सय ९ थान खरिद गरेको छ । यस्तो त्रिपाललाई मन्त्रालयले प्रतिजीएसएम न्यूनतम ६ देखि ९ रुपैयाँसम्ममा खरिद गरेको छ । १५ हजार थान खरिद गरिएका एक सय ६० जीएसएम त्रिपाललाई प्रतिजीएसएम न्यूनतम ४.३१ देखि बढीमा ४.६३ रुपैयाँसम्म तिरिएको छ । एक सय ७० जीएसएम खरिद गरिएका त्रिपाललाई प्रतिजीएसएम न्यूनतम ४.७ देखि बढीमा ९.७८ रुपैयाँसम्म खर्च गरिएको छ । यस्ता त्रिपाल १९ हजार ४ सय ३४ थान खरिद गरिएको छ । एक सय ८० जीएसएमको त्रिपाल २ हजार ४ सय ९६ थान खरिद गरिएको छ । यो त्रिपाललाई प्रतिजीएसएम न्यूनतम ७.८ देखि बढीमा ७.५ रुपैयाँसम्म तिरिएको छ ।
दुई सय जीएसएमको त्रिपाललाई प्रतिजीएसएम १०।५ रुपैयाँ तिरिएको छ । दुई सय जीएसएमको त्रिपाल ५ हजार १ सय ९३ थान खरिद गरिएको छ । दुई सय २० जीएसएमको त्रिपाललाई प्रतिजीएसएम ९।५ रुपैयाँ तिरिएको छ । यस्तो त्रिपाल ३ हजार ७ सय २५ थान खरिद गरिएका छन् । दुई सय ३० जीएसएमको त्रिपाललाई मन्त्रालयले प्रतिजीएसएम न्यूनतम १२.९ देखि बढीमा १२.७८ रुपैयाँ तिरिएको छ । यस्तो त्रिपाल ४ हजार २ सय ४६ थान खरिद गरिएको छ । दुई सय ५० प्रतिजीएसएमका त्रिपाल १ हजार २ सय १० थान खरिद गरिएका छन् । यो त्रिपाललाई प्रतिजीएसएमको १४ रुपैयाँ तिरिएको छ ।
ुएउटै पाललाई फरक(फरक समयमा फरक(फरक दरमा खरिद गरिएको छ,ु कमिटीको निष्कर्ष छ । वैशाख १३ देखि १९ गतेसम्म २७ हजार ७ सय ९ त्रिपाल खरिद गरिएको छ । ‘एक सय ५० जीएसएमको त्रिपाललाई प्रतिजीएसएम ९ रुपैयाँमा खरिद गरिएको छ,अनुगमनबाट थाहा भएको छ ।