नेभिगेशन
अन्य

उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको पहिलो बैठक मंगलबार

काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय राष्ट्रिय परामर्श समितिको पहिलो बैठक आज बस्दैछ । गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले भूकम्पपछिको पूनर्निमार्णमा सल्लाह लिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो। समितिको बैठक मंगलबार साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए । पहिलो बैठक भएकाले भूकम्प प्रभावित क्षेत्रका लागि तत्कालीन र दीर्घकालीन योजनाबारे छलफल हुने बताइएको छ । विपद् व्यवस्थापन राष्ट्रिय रणनीति २०६६ले प्रस्ताव गरेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने÷नगर्ने विषयमा पनि छलफल हुने सुवेदीले बताए। प्रस्तावित परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गर्ने भनिएको छ भने प्राधिकरणको स्वरुप र कानुनबारे रणनीतिमा उल्लेख गरिएको छैन्। परामर्श समितिमा पूर्वप्रधानमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु, संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, मन्त्रीहरु, नेपाल सरकारका मुख्य सचिव तथा सम्बन्धित मन्त्रलायका सचिवहरु र राष्ट्रिय योजना आयोगका बहालवाला पदाधिकारीहरु सदस्य रहने ब्यवस्था गरिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्