नेभिगेशन
अन्य

कालिगण्डकी थुनिएको ठाँउ सेनाको प्राविधिक र विज्ञ टोली

काठमाडौं । पश्चिमाञ्चल पृतनापति ताराबहादुर कार्कीको नेतृत्वमा सेनाको इञ्जिनियरिङ विभाग, भूगर्भ र मौसमविद् सहितको टोली लिएर कालीगण्डकीको पहिरोस्थलमा पुगेको छ। राम्चेबाट प्राविधिक टोली निरीक्षणका क्रममा छ। पहिरोस्थल नजिकै पुगेका विज्ञहरुले क्षेत्रीय प्रशासन कार्यालय पोखरालाई गराएको जानकारी अनुसार १७ लाख क्युबिक लिटर पानी जम्मा भएको अनुमान गरेको छ । यस्तै बाँधको मोटाई २ सय मिटर, लम्बाइ चार किलोमिटर रहेको छ । पहिरोले बनाएको बाँध दिउँसो साढे एक बजेसम्म भरिने सम्भावना छ। ‘बाध पुरै भरिँदा १७ लाख क्युबिक लिटर पानी जम्मा हुने हिसाब साथीहरूले निकाल्नुभएको छ,’ उनले भने। यसअघि नै सशस्त्रका प्रहरीका एसपी भरत पनेरूको टोली पहिरोले बनेको बाँध भन्दा तल पुगेर मुकाम बनाएर बसेको छ। थपलियालाई सशस्त्रले गराएको जानकारी अनुसार नदी थुनेको बाँधको उँचाइ झण्डैं सत्तरी मिटर जति छ। पहिरोले बनाएको बाँधको मोटाइ मात्र २०० मिटर भएको प्ररम्भिक अनुमान सशस्त्रको छ। हवाई निरीक्षणाका लागि पश्चिमाञ्चल डिआइजी पंकज श्रेष्ठ अल्ट्रा लाइट चढेर म्याग्दी पुगेर फर्किएका छन्। साँघुरी कालीमा बनेको ताल ४ किलोमिटर माथिसम्म पुगेको रिपोर्ट छ। म्याग्दी(मुस्ताङ सडक खण्डको यो ठाउँमा राति २ बजे गएको पहिरोले नदी थुनेको हो। सुरूमा आंशिक रुपमा थुनिएको नदी बिहान ७ बजेदिख ठप्प जस्तै छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्