नेभिगेशन
अन्य

नदि तटका बासिन्दालाई हाई अलर्टमा रहन आग्रह

काठमाडौं । लगातारको भूकम्पले कमजोर बनाएको सुख्खा पहिरो खसेर थुनिएको कालिगण्डकीले तल्लो तटीय क्षेत्रमा हुनसक्ने सम्भावित क्षति रोक्न गृहमन्त्रालयले त्यस क्षेत्रलाई ‘हाइ अलर्ट’ घोषणा गरेको छ। कालीगण्डकी थुनिएको अवस्थामा प्रतिकुल प्रभाव पर्न सक्ने माथिल्लो र तल्लो जिल्लाहरुका बासिन्दाहरुलाई नेपाल प्रहरीले सावधान रहन सूचना दिएको छ । प्रहरीले मुस्तांग, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी,स्याङ्जा, पाल्पा, तनहु, र नवलपरासीको नदिकिनारका बासिन्दाहरुलाई सतर्क रहन भनेको छ । जल तथा मौसम विज्ञान विभागको वेवसाइटमा पनि तल्लो तटको म्याग्दी, बाग्लुङ,पर्वत, गुल्मी,स्याङ्जा पाल्पा र नवलपरासीको नदि किनारका बासिन्दालाई सतर्क रहन भनिएको छ। बेनीबजार, गलेश्वरलगायत नदी किनारमा पर्ने बस्तीहरु खाली गरिएको प्रहरी सहयाक निरीक्षक विकास तिमल्सीनाले जानकारी दिए। सुरक्षाकर्मीले माइकिङ गरेरै सुरक्षित स्थानमा सर्न सर्वसाधरणलाई अनुरोध गरिरहेको छ। नदी थुनिएपछि सुरक्षित स्थान खोजीमा स्थानीयको भागाभाग मच्चिएको छ। अहिलेसम्म नदी खुलाउने प्रयास हुन सकेको छैन। बेनीबजार कालिगण्डकीको दुई किनारमा पर्ने भएकाले धेरै जोखिममा रहेको बताइएको छ। यसले गर्दा म्याग्दीको मात्र नभई पर्वतको मालढुङ्गा, बाग्लुङ जिल्लाका केही बस्तीहरु र स्याङ्जासम्म पनि असर पर्ने बताइएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्