नेभिगेशन
अन्य

चिनियाँ सहायक बिदेशमन्त्रीको टोली आफ फर्कदै

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएको चिनियाँ सहायक विदेशमन्त्रीको टोली आज स्वदेश फर्किने भएको छ । नेपालमो विपत्मा चीनले गर्न सक्ने सहयोग र नेपालको प्राथिकतामा विषयमा जानकारी लिएर मन्त्री लिऊ लिऊ जियानचाको टोली आज फर्किन लागेको हो । हिजो नेपाल आए लगत्तै सात सदस्यीय प्रतिनिधिमण्डलले हिजो प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेको थियो । सहायक बिदेशमन्त्री लिऊ लिऊ जियानचाले नेपाललाई आवश्यकता पर्ने जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको जानकारी प्रधानमन्त्री कोइरालालाई दिएका थिए । नेपालको पूर्वाधार निर्माण, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा पुनर्निर्माणमा सहयोग गर्न चीन सरकार तयार रहेको उनले बताएका थिए । भारत र चीनबीच पनि दुईपक्षिय सहयोगका विषयमा पनि छलफल भइरहेको उनले जानकारी गराएका थिए । चीनले नेपाललाई तेस्रो चरण अन्तर्गत राहत सामग्री पठाइरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्