नेभिगेशन
अन्य

सभासद्हरुको अनुमगन प्रतिवेदन पेश हुदै

काठमाडौ । व्यवस्थापिका संसदले गठन गरेको राष्ट्रिय विपद् तथा व्यवस्थापन अनुगमन तथा निर्देशन विषेश समितिको वैठक आज बस्ने भएको छ । संसदको बिषेश अधिवेशनले भुकम्प पिडितहरुको राहतका लागि पास भएको संकल्प प्रस्तावमै ७३ सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिको वैठकले १४ उपसमिति बनाएर १४ जिल्लामा अनुगमनका लागि सभासहरुलाई जिल्ला जिल्ला पठाएको थियो । १४ वटा प्रभावित जिल्लाहरुमा चार चार जना सभासद्को टोलीलले अनुगमन गरेको छ । ती उपसमिातिले आजको वैठकमा प्रारम्भीक प्रतिवेदन बुझाउने छ । दिउँसो २ वजेपछि सिंहलदरबारमा बस्ने बैठकमा क्रमैसँग प्रतिवेदन पेश हुने बताइएको छ । सभासद्हरुले जिल्लामा राजनीतिक संयन्त्र र सरकारी निकायबीच समन्वयको अभाव भएको निष्कर्ष निकालेका छन् । गैर सरकारी निकायले वितरण गरेको राहत सुगममा मात्रै केन्द्रीत भएको तथा विद्यालयका भवनहरुमा क्षति भएकाले तत्काल पढाई सुरु गर्न समस्या हुने उनीहरुको भनाई छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्