नेभिगेशन
अन्य

संकल्प प्रस्ताव कार्यन्वयनका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन

काठमाडौं । भूकम्प पीडितको राहत, पुर्ननिर्माण तथा पुनर्स्थापनाका लागि संसदले पारित गरेको संकल्प प्रस्ताव अनुसार सरकारले राष्ट्रिय पुनर्निर्माण परामर्श समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले संकल्प प्रस्तावको बुँदा नम्बर २६ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा सबै राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न क्षेत्रका विज्ञहरुको समेत रहेका परामर्श समित गठन गरेको हो। मन्त्रिपरिषद स्रोतका अनुसार, उक्त परामर्श समितिमा संसदमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताका साथै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुका अलवा विभिन्न पेशागत संघ संस्थाका प्रतिनिधिलाई समावेश गरिएको छ। संसदको विशेष अधिवेशनले पारित गरेको साझा संकल्प प्रस्तावको दफा २६ मा पुनर्स्थापना र पुनर्निर्माण कार्यमा नीतिगत परामर्शका लागि सर्वदलीय सहभागिता र विज्ञहरू समेतको संलग्नतामा प्रधानमन्त्रीको अध्यक्षतामा एउटा राष्ट्रिय पुनर्निर्माण परामर्श समिति अविलम्ब गठन गर्न निर्देशन दिएको थियो। त्यसैगरी आजको मन्त्रिपरिषदको बैठकले विपद् व्यवस्थापना परिषदलाई पुर्नजिवीत गराउने विषयमा पनि छलफल भएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्