नेभिगेशन
अन्य

​रातभर पराकम्पन आएन बिहानै एक धक्का

काठमााडौं । महाविनासकारी भुकम्पपछि पराकम्पन जाने क्रम नरोकिए पनि धेरै कमी भएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार आज बिहान चार रेक्टोस्केलमाथिको एउटा मात्र भुकम्प आएको छ । केन्द्रका अनुसार बिहान ४ बजेर ४ बजेर ३४ मिनट जाँंदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव ३ रेक्टोस्केलको भुकम्पको सानो धक्का आएको छ । हिजो सोमबार तीन वटा पराकम्पन गएका थिए । केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर ११ मिनट जाँंदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव २ रेक्टोस्केलको, ११ बजेर २४ मिनट जाँंदा दोलखा नै केन्द्र बिन्दु भएको ४ रेक्टोस्केलको,साँंझ ६ बजेर २७ मिनट जाँंदा गोरखा÷धादिङ केन्द्र बिन्दु भएर ४ दशमलव १ रेक्टोस्केलको भुकम्प गएको थियो । दुई दिन अघि आइतबार पनि निकै कम पराकम्पन गएका थिए । केन्द्रका अनुसार त्यसदिन ४ रेक्टोस्केलमाथिका जम्मा तीन भुकम्पन गएका थिए । विज्ञहरुले पराकम्पनका ठूला धक्को सम्भावना नरहेको र अब विस्तारै कमी हुँंदै रोकिने बताएका छन् । पराकम्पनका धक्का घट्दै गएपछि आम नागरिकमा त्रासको मात्रा पनि घट्दै गएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्