काठमाडौं । महाभुकम्पपछिका पराकम्पन जानेक्रम केही घटे पनि रोकिएको भने छैन । हिजो सँझ ५.५ रेक्टरस्केलको भुकम्पको धक्का आएपनि रातभर भुकम्पको कुनै धक्का महसुश नभएको भुकम्प मापन केन्द्रले जनाकारी दिएको छ ।
गए राती चार रेक्टोस्केलभन्दा माथिको एउटा पनि पराकम्पन नआएको भए पनि बिहान भने एउटा पराकम्पन आएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजे दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव ४ रेक्टोस्केलको पराकम्पन आएको थियो । शनिबार दिउँंसो ५ बजेर १९ मिनट जाँदा दोलखा केन्द्र बिन्दु भएर ५ दशमलव ५ रेक्टोस्केलको भुकम्प आएपछि सर्वसाधारणमा केही त्रास देखिएको थियो । रातीको शान्त अवस्थाले त्रास केही कम हुने देखिएको छ । शनिबार राती सम्ममा नौ चार रेक्टोस्केलमाथिका नौ पराकम्पन आएका थिए ।