नेभिगेशन
अन्य

भूकम्पबाट आठ हजार तीन सय ४९ को मृत्यु, सत्र हजार आठ सय बढी घाइते

काठमाडौं । देशका विभिन्न भागमा वैशाख २९ गते आएको भूकम्पको पराकम्पनमा परी आज बिहान ९ः०० बजेसम्म १३६ जनाको ज्यान गुमेको छ भने दुई हजार ९५६ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा ११, पूर्व क्षेत्रमा चार, मध्य क्षेत्रमा ११८ र पश्चिम क्षेत्रमा तीन जना छन् भने घाइते हुनेमा उपत्यकामा एक हजार ७३९, पूर्व क्षेत्रमा १२१, मध्य क्षेत्रमा ९७२, पश्चिम क्षेत्रमा ११० र मध्यपश्चिम क्षेत्रमा १४ जना छन् । मृतक ११३ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये १६९८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । भूकम्पमा परी घाइते भएका नेपाल प्रहरीका ४३, नेपाली सेनाका छ र सशस्त्र प्रहरीका ११ जनासमेत उपर्युक्त सङ्ख्यामै समावेश गरिएको छ । भूकम्पमा परी चार जना बेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म तीन हजार ६२७ पूर्ण रुपमा र पाँच हजार १९० आंशिक रुपमा गरी जम्मा आठ हजार ८१७ भौतिक संरचनामा क्षति पुगेको छ । यसैगरी देशका विभिन्न भागमा यही वैशाख १२ गते आएको शक्तिशाली भूकम्पमा परी आज बिहान ९ः०० बजेसम्मको प्राप्त जानकारीअनुसार आठ हजार ३४९ जनाको ज्यान गुमेको छ भने १७ हजार ८७० जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार सात सय ०९, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा छ हजार एक सय ६४, पश्चिम क्षेत्रमा चार सय २१ र मध्यपश्चिम क्षेत्रमा दुई जना छन् । घाइते हुनेमा उपत्यकामा १० हजार सात सय ७३, पूर्व क्षेत्रमा तीन सय २५, मध्य क्षेत्रमा पाँच हजार पाँच सय ५०, पश्चिम क्षेत्रमा एक हजार एक सय ९८, मध्यपश्चिम क्षेत्रमा २२ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् । उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी छ, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र विदेशी पर्यटक ५० जनाको सङ्ख्यासमेत ती सङ्ख्यामै समावेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक ११० जना बेपत्ता भएका छन् । यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार एक सय ३०, पूर्व क्षेत्रमा ३५ हजार चार सय ५४, मध्य क्षेत्रमा एक लाख ९८ हजार दुई सय ८३, पश्चिम क्षेत्रमा एक लाख १३ हजार नौ सय ४२, मध्यपश्चिम क्षेत्रमा तीन हजार एक सय ५४ र सुदूरपश्चिम क्षेत्रमा ३४ गरी चार लाख १७ हजार नौ सय ९७ भौतिक संरचना क्षति भएका छन् । नेपाल प्रहरीबाट काठमाडौँ उपत्यकालगायत प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायत राहत सामग्री वितरण भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाइ गर्ने, सुरक्षा गस्ती गर्ने, उद्धार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट ४४ हजार ६२९ प्रहरी कर्मचारी परिचालन भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्