नेभिगेशन
अन्य

इलामको डेढ शताब्दी पुरानो दरबार चर्कियो

इलाम । वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण जिल्लाकै सबैभन्दा पुरानो अड्डा चर्किएर काम नलाग्ने अवस्थामा पुगेको छ । विसं १९२० मा बडाहाकिम गजराजसिंह थापाको पालामा निर्माण भएको जिल्ला प्रशासनको डेढ शताब्दी पुरानो भवन चर्किएर बस्नै नहुने अवस्थामा पुगेको हो । सो भवनमा इलाम जिल्ला प्रशासन कार्यालय रहेको थियो । भवन जताततै चर्किएपछि अघिल्तिर रहेको एक तले भवनबाट सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए । राणाकालीन भवनबाट राहदानी, नागरिकता, मुद्दा, सङ्घसंस्था, दर्ता चलानी, अनुसन्धानलगायत सबै काम हुँदै आएको थियो । जिल्लामा डेढ शताब्दी पुराना दुई ठूला भवन छन् । एउटामा जिल्ला प्रशासनको काम र अर्कोमा प्रमुख जिल्ला अधिकारीको निवास र उच्च ओहोदाका पाहुना आउँदा बस्ने गरिन्थ्यो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्