नेभिगेशन
अन्य

भूकम्पबाट ज्यान गुमाउनेको संख्या ७,९१४ पुग्यो

काठमाडौं । बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ९ सय १४ पुगेको छ। त्यस्तै, १६ हजार ३५ जना घाइते भएका छन्। भुकम्पबाट ज्यान गुमाउने मध्ये काठमाडौं उपत्यकामा १ हजार ७ सय १३, पुर्व क्षेत्रमा ५३, मध्ये क्षेत्रमा ५ हजार ७ सय २९, पश्चिम क्षेत्रमा ४ सय १७ र मध्यपश्चिम क्षेत्रमा २ जना रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये उपत्यकामा ९ हजार २२, पुर्व क्षेत्रमा ३ सय २७, मध्य क्षेत्रमा ५ हजार ४ सय ७२, पश्चिम क्षेत्रमा १ हजार १ सय ९०, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । भुकम्पमा परी ज्यान गुमाएका मध्ये नेपाल प्रहरीका ५, नेपाली सेनाका ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जना छन्।घाइते मध्ये नेपाल प्रहरीका १ सय ४०, सशस्त्र प्रहरीका २१ र बिदेशी पर्यटक ५० जना छन् । हराइरहेका मध्ये नेपाल प्रहरी १ जना, नेपाली नागरिक २ सय ५४ र विदेशी नागरिक १ सय ११ जना छन्। हालसम्म उपत्यकामा १ हजार ६ सय ८३, पूर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५ हजार ६ सय ८५, पश्चिम क्षेत्रमा ४ सय १५ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७ हजार ८ सय ३५ को शव आफन्तको जिम्मा लगाइएको छ। विभिन्न अस्पतालमा रहेका शवहको सनाखतको प्रयास भएरहेको प्हरीले जनाएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका ३० शव पहिचान हुन बाँकी छन्। हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन प्रहरीले सर्वसाधारण सबैमा आह्वान गरेको छ। भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५ हजार ४ सय ९४, पुर्व क्षेत्रमा ३५ हजार ४ सय ५४, मध्य क्षेत्रमा १ लाख ९८ हजार २ सय ७३, पश्चिम क्षेत्रमा १ लाख १३ हजार ९ सय ४२, मध्य पश्चिम क्षेत्रमा ३१ हजार ५४ र सुदूर पश्चिम क्षेत्रमा ३२ गरी जम्मा ४ लाख १६ हजार ३ सय ४९ भौतिक संरचनाहरु क्षति भएका छन्। नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानीलगायतका राहत सामग्री वितरण कार्य भइरहेको छ। भग्नावशेष हटाउने र सरसफाई गर्ने तथा उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४१ हजार ७ सय ७६ जना प्रहरी कर्मचारी परिचालित भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्