नेभिगेशन
अन्य

दलहरू २७ बुँदे संकल्प प्रस्तावमा सहमत

काठमाडौं । संविधानसभाभित्र रहेका राजनीतिक दलबीच भूकम्प प्रभावितको राहत र पुनर्स्थापनाका लागि २७ बुँदे सहमति भएको छ। संविधानसभा भवनमा शनिबार बिहान बसेको सर्वदलीय बैठक अनुसार २७ बुँदे संकल्प प्रस्तावमा सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए। प्रधानमन्त्रीको अध्यक्षतामा सबै दलका प्रतिनिधि र विज्ञहरु रहेको राष्ट्रिय पुननिर्माण परामर्श समिति बनाउने, पुननिर्माणका कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिन संसदीय समिति गठन गर्ने लगायतका विषय संकल्प प्रस्तावमा समेटिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्