काठमाडौं । प्रशान्त महासागरमा अवस्थित पपुवा न्युगिनीमा मंगलवार बिहान ७.४ म्यानिच्युडको ठूला भूकम्प गएको छ । प्रशान्त महासागरमा अवस्थित टापुमा ठूलो भूकम्प गए सँगै आसपासका ३०० किमी क्षेत्रमा सुनामी आउनसक्ने भन्दै उच्च सतर्कतामा रहन ‘प्यासिफीक सुनामी वार्निङ सेन्टर’ले निर्देशन जारी गरेको छ । ठूलो भूकम्पका धक्का महसुस भएपनि हालसम्म कुनै क्षतीको विवरण भने आइसकेको छैन ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार कोकोपो सहर भन्दा ८३ माइल दक्षिण पश्चिम केन्द्र विन्दु बनाएर भुकम्प गएको हो । ७।४ म्याग्नेच्युडको मुख्य धक्काको १० मिनेटपछि नै ५।९ रेक्टरको पराकम्पन गएको थियो । तत् पश्चात पनि ५ रेक्टर भन्दा माथिका दुइवटा पराकम्पन गैसकेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
भुकम्पबाट भएको क्षतिको विवरण प्राप्त भैनसकेको तथा भुकम्पीय क्षेत्रमा निकै पातलो बस्ती रहेको बताइएको छ ।